‘बिबिसी सो’का चर्चित मास्टर सेफ सन्तोष साह भन्नुहुन्छ, ‘नेपाली खानालाई विश्वभर पस्किँदैछु’
रासस
फाल्गुन १३, २०७७ बिहीबार
नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहेनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तीनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् युके’ को उपविजेता बन्नुभएको थियो । पाककलाका बादसाह मानिने सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले...