धम्पुस चुचुरोका आरोहीको अनुभवः उचाइसँगै आत्मविश्वास बढ्यो
रासस
फाल्गुन १२, २०७७ बुधबार
‘मानिसको जीवनमा धेरै रहर हुने गर्छन्, कुनै पूरा हुन्छन् कुनै हुँदैनन् । मलाइ पनि हिउँसँगको चुचुरोमा पुग्ने रहर निकै थियो पूरा भयो’ माघको ३ गते धम्पुस पिक (६०१२ मिटर) आरोहण गर्न सफल ४३ वर्षीय हीराकुमारी मल्ल एउटा सपना पूरा भएको अनुभव सुनाउँदै भन्नुभयो । “म सन् २००७ बाट ट्रेकिङ गाइडका रुपमा काम गर्दै आएकी छु, विदेशी पर्यटकलाई नेपालको भूगोल, रहनसहन र संस्कृतिका बारेमा बुझाउँदै र हिमालका चुचुरो देखाउँदै जाँदा मलाई पनि...