मालवाहक सवारी साधनको डिजिटल ट्रयाकिङ शुरू, ढुवानीमा कैफियत गर्नेलाई धमाधम समाइँदै
रासस
फाल्गुन ११, २०७७ मंगलवार
गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौँ आइपुग्यो । राजश्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली)मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको स्रोत फेला परेन ।
चिनी आयातकर्ताले भारतबाट रातारात तस्करी गरेर चिनी नेपाल भित्र्याई नक्कली कागजात बनाएर विभागको सूचना प्रणालीमा प्रविष्ट गराएर काठमाडौँ ल्याएका थिए । काठमाडौँ आएपछि उनलाई अब त राजश्व अनुसन्धान...