इजरायलमा कामदार पठाउन कार्यविधि तयार
गोरखापत्र अनलाइन
कार्तिक २६, २०७७ बुधबार
नेपाल र इजरायल सरकारबीच भएका श्रम सम्झौता अनुसार नेपालबाट दक्ष श्रमिक इजरायल पठाउनका लागि कार्यविधि तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरेको जनाएको छ ।
श्रम मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाइएको छ ।
नेपाली श्रमिकले...