खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल
रासस
कार्तिक ८, २०७७ शनिबार
वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका किसान दानबहादुर बुढामगरलाई चाडपर्वमा खर्च जुटाउन समस्या भएको छ ।
महामारीले चहलपहल न्यून भएकोले खसी बोकाको कारोवार घट्दा परेको असरले खर्च जुटान समस्या भएको उहाँले बताउनुभयो । ‘‘बली चढाउन समेत नपाइने भनिएपछि बिक्री हुन गाह्रो भयो”, धनगढीमा शुक्रवार भेटिनु भएका बुढामगरले भन्नुभयो, “बिक्री नभएका खसी बोकालार्ई अब हिँडाएरै...