प्युठानमा बस दुर्घटना एकको मृत्यु, तीन जना गम्भीर घाइते
गोरखापत्र अनलाइन
कार्तिक ४, २०७७ मंगलवार
तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
माण्डवि गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिनुभयो ।