पूर्व प्रधानमन्त्री डा. भट्टराई र उहाँकी धर्मपत्नी यमीलाई कोरोना संक्रमण पुष्टि
गोरखापत्र अनलाइन
कार्तिक ८, २०७७ शनिबार
पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराई र उहाँको धर्मपत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
डा. भट्टराईले शनिबार सो कुराको जानकारी सामाजिक सञ्जाल ट्वीटमार्फत गराउनुभएको हो । डा. भट्टराईका अनुसार शुक्रबार गरिएको स्वाब संकलन गरेकोमा शनिबार दुवैजनाको पोजेटिभ रिपोर्ट आएको छ ।
डा. भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिसिला र म दुवैलाई कोभिड १९...