बाँकेमा शुक्रबार थप २४ जना कोरोनामुक्त भएर घर फर्किए
गोरखापत्र अनलाइन
आश्विन २३, २०७७ शुक्रबार
बाँकेका २४ कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किनुभएको छ । जिल्लाका होम आइसोलेसनलगायत विभिन्न आइसोलेसन सेन्टरमा बस्दै आउनुका २४ कोरोना संक्रमितले १४ दिने आइसोलेसन बसाईं पूरा गरेपछि उहाँहरुलाई डिस्चार्ज गरेर घर पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबार स्वास्थ्य अवस्था सामान्य भएका बाँकेका २४ जना संक्रमणमुक्त भएर घर फर्किनु भएको...