सप्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १९ पुग्यो
गोरखापत्र अनलाइन
आश्विन २३, २०७७ शुक्रबार
सप्तरीमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमित मृतकको संख्या १९ पुगेको छ । जिल्लाको रुपनी गाउँपालिका वार्ड नम्बर १ निवासी ३३ वर्षीय सव इन्जिनियरको काठमाडांैमा उपचारको क्रममा मृत्यु भएको रुपनी गाउँपालिका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिनुभयो । मुटु सम्बन्धी रोगबाट पीडित उहाँलाई सो समस्या देखिएपछि काठमाण्डौ मेडिकल काँलेज (केएमसी) मा भर्ना गरिएको थियोे ।...