इजरायलमा रोजगारी, मेनपावरले पठाउन पाउँदैन, ठगीबाट बच्नोस्
मुकुन्द गैरे
आश्विन २१, २०७७ बुधबार
वैदेशिक रोजगार विभागले इजरायलको रोजगारीमा जिटुजीमार्फत् पठाउने भएकाले कुनै व्यक्ति वा बिचौलियाको प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।
केही व्यक्ति र वैदेशिक रोजगार कम्पनीले इजरायल पठाउँछु भन्ने कुरा सुन्नमा आएको बताउँदै विभागले गलत सूचनाको भरमा नपर्न आग्रह गरेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले ठग्ने नियतले केहीले इजरायल पठाउँछु भन्नेहरुको प्रमाण फेला परे तुरुन्तै कारबाही प्रक्रिया अगाडि...