२५ वर्षीया बबितादेवीले जन्माइन् तिम्ल्याहा शिशु
गोरखापत्र अनलाइन
आश्विन २०, २०७७ मंगलवार
स्वास्थ्य क्षेत्रको सेवा सुविधा निकै कमजोर रहेको सर्लाहीमा नै एक जना चित्किसकले भर्खरै जन्मिएका तिम्ल्याहा शिशुलाई बचाई रहनु भएको छ ।
जिल्लाको दक्षिणी ग्रामीण भेगस्थित कौडेना गाउँपालिका–१, सुकचैनाका षोषण राउतकी श्रीमती २५ वर्षीया बबिता देवीले यही असोज १६ गते जिल्ला अस्पताल, मलङ्गवामा सामान्य किसिमले तीनवटा शिशु जन्माउनु भएको थियो । तीनै जना छोरा हुन् । उनीहरुमध्ये दुई जना सबा किलो र एक जना डेढ किलोका छन् ।