दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिले काम थाल्यो
गोरखापत्र अनलाइन
श्रावण २०, २०७८ बुधबार
महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईनको डोरी फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको छ । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले बुधबार दिनभरी घटनाका प्रतक्षदर्शी, पत्रकार, मानवअधिकारकर्मी, राजनीतिक दल लगायतसंग छलफल गरेको छ ।
मंगलबार बेलुकी दार्चुला पुगेको समितिमा संयोजक गौतमसंगै सुदूरपश्चिम...