पुस-माघसम्म तीन करोड २३ लाख खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
गोरखापत्र अनलाइन
श्रावण १८, २०७८ सोमबार
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म तीन करोड २३ लाख कोरोना डोज खोप आइसक्ने बताउनुभएको छ ।
सोमबार मन्त्रालयले आयोजना गरेको भर्चुअल प्रेस मिटमा राज्यमन्त्री श्रेष्ठले आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै खोप खरिद तथा आयातबारे जानकारी दिनुभएको छ ।
‘चीनले अनुदानमा दिएको १६ लाख र जापाले दिएको १६ लाख खोप दुई साताभित्र आइसक्ने र भुटानले दिएको तीन लाख डोज खोप पनि छिट्टै आइपुग्ने...