सर्लाहीमा एकैदिन थपिए १२० सङ्क्रमित
गोरखापत्र अनलाइन ,
जेष्ठ २६, २०७७ सोमबार
सर्लाहीमा सोमबार एकैदिन अहिले सम्मकै सबैभन्दा बढी १२० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीका अनुसार ब्रह्मपुरी गाउँपालिकाका ४३ जना, विष्णु गाउँपालिकाका ३४ जना, ईश्वरपुर नगरपालिकाका १८ जना, चक्रघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका ९ जना र रामनगर गाउँपालिकाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित सबै भारतबाट आएर सम्बन्धित पालिकाको विभिन्न क्वारेन्टाइनमा...