कोरानाले दियो उत्प्रेरणा, बाँझो जमिनमा सामूहिक तरकारी खेती शुरु
गोरखापत्र अनलाइन
जेष्ठ २६, २०७७ सोमबार
तनहुँको व्यास नगरपालिका–६ कटुजे, सिसाघाटमा सात जना मिलेर व्यवसायिक रुपमा गोलभेँडा तथा अकबरे खुर्सानी खेतीको शुरु गरेका छन् । इश्वरी नागिला, रामचन्द्र नागिला, उत्तमप्रसाद नागिला, धुव्रसिंह ठकुरी, सङ्गम नागिला, बुद्धि सुनार र बुद्धिवंशी ठकुरीले संयुक्त रुपमा खेती गर्नुभएको हो । कोरोना भाइरस (कोभिड–१९) ले गर्दा सरकारले गरेको बन्दाबन्दी समयको सदुपयोग गरी एक/एक लाख सङ्कलन गरी सात लाख रुपियाँको लागतमा खेती शुरु गरेको...