गोरखापत्र अनलाइन
काठमाडौँ, जेठ ८ गते । थप चारजना कोरोना सङ्क्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । करिब नौ दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ती नौ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । डिस्चार्ज हुनेमा २३ र २५ वर्षीया महिला तथा २७ र ३६ वर्षीय पुरुष रहेका छन् ।