संक्रमित रहेको दमकमा नै लक डाउन उल्लङ्घन
गोरखापत्र अनलाइन ,
बैशाख १७, २०७७ बुधबार
झापाको दमकमा कोरोना संक्रमण पुष्टि भएकै क्षेत्रमा लक डाउन उल्लङ्घन हुने क्रम रोकिएको छैन ।
दमक नगरपालिकाले पटक पटक आवश्यकीय वस्तुका पसल खोल्ने समय, मिति र बार परिर्वतन गरेपछि सर्वसाधारणबाट लक डाउन उलङ्घन बढेको हो ।
नेपाल सरकारले नेपालमा लक डाउनको सूचना जारी गरेपछि दमक नपाले दमक बजार क्षेत्रमा अत्यआवश्यकीय वस्तु खाद्यान्न, तरकारी, दुध लगायत पसल खोल्ने समय पटक पटक परिवर्तन गर्दा सर्वसाधारणले सूचना वेवास्ता गर्दा...