बिदामा नेपाल आएका कामदारलाई विहीबार कोरिया लग्ने तयारी
रासस
बैशाख १६, २०७७ मंगलवार
कोरोना माहामारीअघि बिदा लिएर दक्षिण कोरियाबाट नेपाल पुगेका नेपाली श्रमिक, विद्यार्थी तथा व्यवसायीलाई नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत कोरिया फर्काउन सहयोग गरिने भएको छ । एनआरएनए केन्द्रीय कमिटी र नेपाल एयरलान्सबीच सोमबार एक सम्झौता भएको एनआरएनए कोरियाका महासचिव डा विमल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा अप्रिल ३० तारिखमा फ्लाइट हुनेछ । जसमा भिसा सकिन लागेकालाई प्रथमिकता दिइ उडाइनेछ...