धनगढीमा उपचार गराइ रहेका काेराेना संक्रिमतका परिवारका सात र सम्पर्कमा रहेका दुई जनामा संक्रमण पाइएन
रासस
चैत्र २३, २०७६ आईतवार
धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सात जना सदस्यको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएको छ ।
सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमा बुबा, दाजु र दाजुका सन्तानहरुको रिपोर्ट नेगेटिभ आएको हो । यो परिवार नौ सदस्यीय रहेको छ । सेती प्रादेशीक अस्पतालका प्रवक्ता डा. जगदीश जोशीका अनुसार सङ्क्रमित व्यक्तिको परिवारको आठ र दुई जना नजिकका आफन्त गरी १० जनाको थ्रोट स्वाब नमूना परीक्षणका लागि काठमाडौं पठाइएको थियो...