चीन नेपालसँग सम्पर्कमा छ, आवश्यक चिकित्सा सामाग्री उपलब्ध गराउँछ : राजदूत होउ
गोरखापत्र अनलाइन ,
चैत्र २४, २०७६ सोमबार
नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले चीनको केन्द्रीय सरकारले नेपाललाई कोभिड १९ नियन्त्रणका लागि आवश्यक पर्ने चिकित्सा सामाग्री सहयोग स्वरुप उपलब्ध गराउने बताउनु भएको छ ।
नेपाली पत्रकारहरूका प्रश्नहरू लिखित जवाफ दिदै उहाँले सो कुरा बताउनु भएको हो । जवाफमा उहाँले यस विषयमा दुई देशका सरकार सम्पर्कमा रही रहेको पनि स्पष्ट पार्नु भएको छ ।