लकडाउन : जहाँ पाइन्छ सहज रुपमा खाना पकाउने ग्यास
रासस
चैत्र २२, २०७६ शनिबार
स्यानिटाइजर दल्दै ग्यास लिन आउनुभएका थापा केही मिटरको दूरीमा परै बसे । खुद्रा पैसा मिलाएर दिनुस् है । मास्क लगाएर नाम लेखिरहेका कर्मचारीले भने । थापाले रु ६८७ ती कर्मचारीलाई दिनुभयो । भित्रबाट ग्यास आयो, ताहाचलबाट आउनुभएका थापाले ७.१ किलो अर्थात् आधा भरिएको ग्यास लिएर आफ्नो गन्तव्यमा लाग्नुभयो ।