नेपाल भित्रिने नेपाली, पानीट्याङ्की नाकामा अलपत्र
गोरखापत्र अनलाइन
चैत्र १०, २०७६ सोमबार
कोरोना संक्रमणका कारण नेपाल सरकारले नेपाल भारत सीमा नाका बन्द गरेपछि सीमावर्ती नाकाबाट नेपाल भित्रिने दुई सय भन्दा बढी नेपाली, पानीट्याङ्की नाकामा अलपत्र परेका छन् । भारतका विभिन्न ठाउँबाट नेपाल फर्किएका नेपाली सरकारले सीमा नाका सिल गरेपछि काँकडभिट्टा नाका प्रवेशको पर्खाइमा अलपत्र परेका हुन् ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार विहान १० बजेदेखि नेपाल भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको थियो ।
नाका...