कञ्चनपुरमा आइतबार रातीबाट घर बाहिर निश्कन रोक
गोरखापत्र अनलाइन ,
चैत्र १०, २०७६ सोमबार
कञ्चनपुरमा जिल्ला प्रशासन कार्यालयले आइतबार राति १२ बजेदेखि अनिश्चितकालका लागि कञ्चनपुर जिल्लाभर घरबाहिर निस्किन प्रतिबन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले भन्नुभयो, ‘आइतबार रातिदेखि लागू हुने गरेर कञ्चनपुरलाई ‘लक डाउन’ गरिएको छ, ‘शब्दमा कफ्र्युभन्दा त्रास हुन्छ, कफ्र्यु भनेका छैनौँ तर कफ्र्यु जस्तै हो ।’