नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच फोन वार्ता, कोरोना विरूध्द लड्न -यापिड रेस्पोन्स टिम सहितकाे सहयोग दिने
गोरखापत्र अनलाइन ,
चैत्र ७, २०७६ शुक्रबार
नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच आज टेलिफोन वार्ता भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम् जयशङ्करबीचको वार्ता महामारीका रुपमा द्रुत गतिमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध लड्ने उपायका साथै आपसी सहयोग बढाउने सम्बन्धमा केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।