logo
२०७९ जेष्ठ १३ शुक्रवार



युवा नेतृत्वको युगीन कार्यभार

युवा नेताको पुस्ताले नेतृत्वलाई नयाँ विचार, गति र कार्यक्रम दिर्नुपर्छ

विचार/दृष्टिकोण |


युवा नेतृत्वको युगीन कार्यभार


डा. अतीन्द्र दाहाल

हालसालै सबै प्रमुख राजनीतिक दलहरूको महाधिवेशन सम्पन्न भएपछि राजनीतिक वृत्तमा एउटा नयाँ जोश र जागरको सम्प्रेषण हँुदैछ । दलको मुख्य नेतृत्वमा प्रायः अगाडिकै नेतागणहरूको पुनरावृत्ति देखियो । यद्यपि बाँकी पदाधिकारी तथा अन्य जिम्मेवार पदहरूमा राम्रै सङ्ख्यामा नयाँ र विशेषतः युवा अनुहारहरूको उदय भएको छ । परिपक्व र अनुभवी अभिभावकको नेतृत्वमा जोश, ऊर्जा र क्षमता भएका युवा पङ्क्तिको राम्रो समिश्रण बन्दैछ । केही दलले त ४० वर्ष मुनिका मानिसहरूको प्रतिनिधित्व गराउन केन्द्रीय समितिमा सकारात्मक विभेदको अवधारणासमेत प्रयोग गर्नुले राजनीतिमा युवा पुस्ताको सघन उपस्थितिको उजागर गर्दैछ । लगभग सबै दलका महाधिवेशन हेर्दा उल्लेख्य सङ्ख्यामा युवा पुस्ताका प्रतिनिधिहरूको सहभागिता देखिन्थ्यो । यस्तो अवस्थाले केन्द्रीय समितिमा चाहिँ अझै युवाको स्पष्ट र्वचस्व नभए पनि त्यस माताहतका समितिहरूमा विस्तारै यो प्रचलन बढेको देखाउँछ ।

केन्द्रमा पनि नयाँ अनुहार र युवा पुस्ताको लोभलाग्दो उपस्थिति बन्दै गएको कारण अब राजनीतिले परिवर्तनको नयाँ मार्ग लिनसक्ने सम्भावना छ ।
लामो समयदेखि हामीमाझ सक्रिय रहेका सबै दलभित्र शक्ति हस्तान्तरणको बहस चल्दै थियो । नयाँ सोच, नीतिसँगै नेतृत्व व्यवस्थापनसमेत विविध आवश्यकताका कारण निश्चित समयमा दलको शक्ति हस्तान्तरणको महìव हुन्छ तर आजकाल केवल हस्तान्तरण मात्र होइन्, पुस्तान्तरण र स्थानान्तरणका सिद्धान्तहरूले विश्व राजनीतिको पछिल्लो परिदृश्यमाथि दबाब बढाउँदै लगेको देखिन्छ । हाम्रा राजनीतिक दल र त्यसभित्र निर्णायक बन्दै गरेको युवा पुस्ताका नेताहरूमा पनि नयाँ कार्यभार आएको छ । हिजो केवल नेतृत्वलाई गाली गरेर, उसको कमजोरी देखाएर अनि आलोचनामार्पmत बाँकी समाजलाई आफूतिर आकर्षित गर्न सक्ने अवस्था थियो । अब भने पार्टीहरू भित्र वैकल्पिक सोच भएका ऊर्जाशील युवा नेताको पुस्ताले नेतृत्वलाई नयाँ विचार, गति र कार्यक्रम दिर्नुपर्छ । विगतको अन्योल, विश्व अभ्यास र नागरिकका आशा÷निराशाका प्रत्येक अवयवहरू केलाउँदै परिवर्तनका लागि राजनीतिमा पुस्तान्तरण र स्थानान्तरणको आवश्यकतालाई समेत बोध गर्नुपर्र्छ ।

पुस्तान्तरणको नजिर

विगतमा अमेरिकामा ओबामा ४६ वर्षमा राष्ट्रपति, बेलायतमा ड्याभिड क्यामरुन ४३ वर्षमा प्रधानमन्त्री, गणतन्त्र कङ्गोमा जोसेफ काबिला ३० वर्षमा राष्ट्रपति बन्नुभएको धेरै भएको छैन । सन् १७८३ मा विलियम पिट २४ र १९०४ मा जोन वास्टन ३७ वर्षमा बेलयाती प्रधानमन्त्री हुनुभएको थियो । अधिक अर्थसामाजिक परिवर्तनका बाहक भएका लोकप्रिय अमेरिकी राष्ट्रपतिद्वय रुजभेल्ट ४२ र रेगन ४३ मा सत्तासीन बन्नुभयो । विकास नमुनामा एउटा अलग सिद्धान्त नै प्रतिपादन गर्नुहुने थ्याचर ५४ मा बेलायती प्रधानमन्त्री हुनुभयो । टोनी ब्लेयरले ४२ मा प्रधानमन्त्रीत्व लिनुभयो । सन्ना मरिन (३६) फिनल्यान्डमा प्रधानमन्त्री, नायिव बुकेले (४०) सल्भादरको राष्ट्रपति, ज्यासिन्दा अर्डेन (४१) न्युजिल्याण्डकी प्रधानमन्त्री, इम्यानुएल म्याक्रो (४३) फ्रान्सको राष्ट्रपति, कार्लोस अलभारदो (४१) कोस्टारिकाको प्रधानमन्त्री, लियो भारदकर (४१) आयरल्यान्डको प्रधानमन्त्री, ग्राबियल बोरिक (३५) चिलीका राष्ट्रपति यस शृङ्खलाका वर्तमान उदाहरणहरू हुनुहुन्छ । ती देशमा औषत आयु ८० माथि छ, जीवनको मध्य समय र सशक्त ऊर्जा भएकाहरूको नेतृत्व रहँदा फरक सोच, जाँगर, क्षमता प्रस्फुटित हुन्छ । ऊर्जावान समयमा देशका लागि उच्च रचनात्मक योगदानको अभिप्राय तथा अभ्यास सम्भव रहन्छ । स्टेफन बक्लेयीको पुस्तक ‘द प्राईम मिनिस्टर एन्ड क्याबिनेट’ले भन्छ युवाको सघन वर्चस्व तथा नेतृत्व भएको राजनीति गतिशील मात्र होइन सकारात्मक अनि उत्पादकसमेत देखिन्छ । जनसेवाका अनुपम क्षमता, सोच, अठोठ अनि नागरिक समर्थन पनि रहन्छ ।

अफसोस् यहाँ युवालाई राजनीतिले आकर्षण गरिरहेको छैन । त्यसैले सकारात्मक परिवर्तनको योजना तथा जनताका समस्या हल गर्ने अठोट र अभ्याससहित युवाले दलको नेतृत्व गर्ने हिम्मत राख्नुपर्छ । ‘बुढ्यौली र नेृतत्व’ शीर्षकमा शोधार्थीद्वय क्यार्थिन रोजिङ र फ्रान्जिका जनम्यानको अनुसन्धानमा विभिन्न देशका ७७ प्रतिशत सहभागीले युवा नेतृत्व नै सक्षम तथा विश्वासिलो भनेका छन् । यहाँसमेत वैकल्पिक शक्तिको माहोल निर्माणमा अभिरुचि देखाएका केही अन्य पक्षले विकासका लागि युवाको नेृतत्व भन्ने नारा तय गर्न थालेको देखिन्छ । अहिले हरेक दलभित्रका युवा मूल नेतृत्वमा नै नपुगे पनि नेतृत्वलाई सुझाउने, दबाब दिने, अथवा समूहका अन्य सदस्यको साथ लिएर नेतृत्वलाई बाध्य पार्ने हैसियतमा भने आएको देखिन्छ । त्यसैले, हरेक दलभित्रका युवा नेतृत्वले अभिभावक पुस्तालाई उहाँहरूको योगदान तथा इतिहासका लागि अपार सम्मान अनि माया गर्दै मैदानमा युवाको सशक्त दस्ता अगाडि सार्दै विकास समर्पित विज्ञताले निर्देशन गर्ने राजनीति (पोलिटिकल मेरिटोक्रेसी) स्थापित गर्नुपर्छ । उक्त मेरिटोक्रेसीलाई स्थानान्तरणको अभ्यासले सघाउन सक्छ ।

स्थानान्तरणको अभ्यास
राजनीतिमा विभिन्न सेवा÷समूहका विज्ञ मानिसको संलग्नता अर्को बाध्यकारी आवश्यकता हो । विकासोन्मुख गतिविधिहरूको सघनतालाई प्राविधिक ज्ञानको पर्याप्तताका लागि राजनीतिमा विभिन्न क्षेत्रका विज्ञ मानिसको पर्दापण आवश्यक छ । फरक÷फरक विधा र क्षेत्रका विषय विज्ञ अथवा विशेषज्ञको सघन सहभागिता देश र नागरिक दुवैका लागि निकै लाभदायी देखिएका छन् । विश्व इतिहासमा यस्ता प्रशस्त उदाहरण छन् । न्युयोर्कका सन् २००० का प्रख्यात मेयर माईकल ब्लुमबर्ग, इटलीका सिल्भियो वर्लस्कुनी, फ्रान्सका सर्ज ड्यासल्ट, युईएईका खालिफा बीन जायद अल नायन व्यपार र उद्यमका क्षेत्रबाट राजनीतिमा आएर सफल बन्नुभयो ।

विज्ञानमा ग्य्राजुएटेड भारतका ११औँ राष्ट्रपति कलाम एरोनेटिक अनुसन्धानको जागिर छाडेर राजनीतिमा लाग्नुभएको थियो । सन् १९९१ का रुसी राष्ट्रपति बोरिस योल्तसिन निर्माण कम्पनीमा संलग्न हुनुहुन्थ्यो । फ्रान्कलीन रुजभेल्टमा पत्रकारिता अनि कुनै बेला मिन्नोसोट्टाका गर्भनर जेसस भेन्तुरामा फिल्म निर्देशनको गहिरो अनुभव थियो । आर्थिक विकासमा दु्रतगति लिएका चीन, जापान, कोरिया, भियतनामलगायतका थुप्रै देशमा प्राध्यापक, वकिल, वैज्ञानिक, विभिन्न विधाका विशेषज्ञ तथा अनुसन्धानकर्ता विद्धान्हरूको सघन राजनीतिक संलग्नता देखिन्छ । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले क्रिकेटको अनुभवसँगै राजनीतिमा अवतरण गर्नुभयो । युक्रेनका बक्सिङ खेलाडी भित्ली क्लक्स अनि लाईबेरियाका फुटवल टिम प्रमुख जर्ज वोयको राजनीतिक पर्दापणसमेत राम्रै भएको थियो ।

जे ब्लोन्डेलको पुस्तक ‘वल्र्ड लिर्डरस’ले निष्कर्ष दिन्छ कि कुनै अन्य पेसागत क्षेत्रमा विज्ञ अनुभवी मानिसहरू राजनीतिमा आउँदा कम्तीमा दुईवटा फाइदा हुन्छन् । उनीहरूले आफ्नो जीविकोपार्जनका लागि देशको ढुकुटी दुरुपयोग गर्नुपर्दैन अनि उनीहरूसँग आफ्नो क्षेत्रको द्रूततर अभिवृद्धि गर्न प्रशस्त अनुभव र कार्य कौशलता रहन्छ । तसर्थ विभिन्न क्षेत्रबाट चमत्कारिक पात्र राजनीतिमा ल्याउने प्रयास हुन्छ । नेपालमा पनि सोच समुन्नत राष्ट्रको, समृद्धि फाउन्डेसन, प्रबुद्ध सङ्घलगायतले यस्तो बहस चलाउँदैछन् । अब युवा नेताहरूले यस प्रकारको भूराजनीतिक आवश्यकता र वास्तविकतालाई गहिरिएर मनन गर्नुपर्छ ।

राजनीतिलाई केवल भाषणबाजी र निर्वाचन जित्ने कौशलको रूपमा मात्र प्रयोग नगरी विभिन्न क्षेत्रबाट काबिल, अनुभवी, योग्य, इमानदार अनि कर्तव्यनिष्ठ मानिसहरूलाई आकर्षित गराउनुपर्छ । उनीहरूको विशिष्ठता र वैज्ञानिकताको सकल उपयोगमार्पmत जनतालाई सकारात्मक सुधारका कार्यक्रम र सोहीअनुसारको नतिजा दिनेमा दलहरूबीच प्रतिस्पर्धाको राजनीतिक आचरण तथा संस्कार बन्नुपर्छ । युवा नेताहरूले अब आफ्नो दलमा त्यस्ता काबिल र बहुविधाका मानिसलाई आर्कषित गराई आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, स्वास्थ्य, औद्योगिकीकरण, वैदेशिक सम्बन्धलगायत पचासौँ मुख्य क्षेत्रमा विकासको विस्तृत कार्ययोजना निर्माण गरी त्यसको समष्टिगत मार्गचित्र समेत तयार गराएर त्यही कार्यक्रमअनुसार विकासका गतिविधि अगाडि बढाउनलाई नागरिकसामु मतदानको अनुनय गर्ने संस्कार निर्माण हुनुपर्छ । कम्तीमा १० वर्षभित्र औषत आय पाँच हजार डलर र औषत आयु ८० बनोस् । सबैलाई रोजगारी प्रत्याभूति होस्, शिक्षा र स्वास्थ्य निःशुल्क बनोस् । गरिबी, बेरोजगारी, तथा असमानता उल्लेख्य घटोस् । विप्रेषणमा नभै आफ्नै सामथ्र्यमा अर्थतन्त्र धानियोस् । देशभर कलकारखाना खुलुन्, मागेर होइन कमाएर खान सकियोस् । राज्यका कर्मचारी नागरिकप्रति सहयोगी बनुन्, भ्रष्टाचारमुक्त सूचीमा १३६ औँबाट पहिलो १० मा परियोस् । अहिलेको राजनीतिकर्मीमा विषय विज्ञ वा विशेषज्ञको बाहुल्यता नभएकाले देश निर्माणको सोच एउटा अभिलाशा त बनेको छ तर अभियान बन्न सकेको छैन ।

तसर्थ युवा नेताहरूले नेतृत्वलाई विश्वासमा लिँदै उपल्लो पुस्तालाई मार्गदर्शन र आर्शिवाद दिने अभिभावकीय अथवा सम्मानित सल्लाहकारको भूमिकामा सहजीकरण गर्नेे अनुमति लिनुपर्छ । पुस्तान्तरण र स्थानान्तरणमार्पmत राजनीतिको मुहान र प्रवाह दुवैलाई शुद्ध पार्ने अभिभारा बोक्नुपर्छ । निर्ममतापूर्वक आफूहरूको भूमिकाको समीक्षा र निडरतापूर्वक राम्रा निर्णय गर्नुपर्छ । दलहरू पुनर्निर्माणको अभ्यासका लागि यी दुईवटा पद्धति युवा नेताहरूको युगीन कार्यभार हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?