logo
२०८१ मंसिर ८ शनिवार



‘उपप्रमुख मातृशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’ लागू

स्वास्थ्य |
खुला |


‘उपप्रमुख मातृशिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम’ लागू


टीकाबहादुर बस्नेत
दाङ, फागुन १७ गते । मातृशिशुको स्वास्थ्यतर्फ दाङको घोराही उपमहानगरपालिकाले विशेष कार्यक्रम लागू गरेको छ । सुत्केरी आमा र नवजात शिशुलाई स्वस्थ बनाउन उपमहानगरपालिकाले कार्यक्रम लागू गरेको हो ।
सुत्केरी अवस्थामा पोसिलो खानेकुरा नपाउँदा आमा र शिशुको स्वास्थ्यमा समस्या उत्पन्न हुन नदिनका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके वचत कार्यक्रम सुरु गरेको उपमहानगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममार्फत् उपमहानगरको स्वास्थ्य शाखाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा नवशिशु सुरक्षा खुत्रुके वचत कार्यक्रम सुरु गरेको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाको वडानम्वर–४ स्थित स्वास्थ्य चौकी लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि १ हजार रुपियाँसहित खुत्रुके वितरण कार्यक्रम सुरु गरेको उपप्रमुख न्यौपानेले जानकारी दिनुभयो । गर्भावस्थादेखि सुत्केरी अवस्थासम्म ४ पटक सरकारी स्वास्थ्य संस्थामा गर्भजाँच गराएको र सरकारी स्वास्थ्य संस्थामै सुत्केरी भएका आमाहरुलाई उपमहानगरले एक हजार रुपियाँ उक्त खुत्रुकेमा हालेर बितरण गर्नेछ ।
वडानम्वर ४ मा पहिलो चरणमा ८ जना सुत्केरीहरुलाई एक हजार रुपियाँ खुत्रुकेमा हालेर वितरण गरी कार्यक्रमको सुरुवात गरिएको छ । संघीय सरकारले दिँदै आएको एक हजार ८ सय रुपियाँ र उपमहानगरले दिएको १ हजार गरी दुई हजार ८ सय रुपियाँ उक्त खुत्रुकेमा आमाहरुले जम्मा गर्नेगरेको उप–प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।
वचत रकमलाई आमा र शिशुको पोषणमा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । ‘आमा र बच्चाको स्वास्थ्य सुधारसँगै पोषिलो खाने बस्तु तयार पारेर खानका लागि उपमहानगरले यो कार्यक्रम लागु हो’, उपप्रमुख न्यौपानेले भन्नुभयो, ‘खुत्रुकेमा सरकारले दिएको रकम र आमाले समेत रकम जम्मा गरेर बच्चालाई स्वस्थ बनाउँदै कुपोषणबाट जोगाउने सन्देश दिन यो कार्यक्रम लागू गरिएको हो ।’ पोषणसँगै रकम बचत गर्ने बानीको समेत विकास गर्नेगरी चालु आर्थिक वर्षदेखि कार्यक्रम लागूभएको न्यौपानेले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?