logo
२०८१ मंसिर ९ आईतवार



तुलसीपुरमा स्यानिटाइजर उत्पादन

स्वास्थ्य |
खुला |


तुलसीपुरमा स्यानिटाइजर उत्पादन


दाङ, बैशाख १८ गते। कोरोना भाइरस (कोभिड १९)को पूर्वतयारी र द्रुत प्रतिकार्यमा तुलसीपुर उपमहानगरपालिकाले गतिलिएको छ । बजारमा सहजै स्यानिटाइजर उपलब्ध नभएपछि स्थानीयतहमास्यानिटाइजरको उत्पादनसँगै कोरोना महामारी विरुद्ध सुरक्षाकाप्रयासहरुलाई उपमहानगरपालिकाले बढाएको छ । युएसएआइडीको आर्थिक सहयोगमा उपमहानगरपालिकाले सञ्चालन गरेको २ दिने स्यानिटाइजर उत्पादन तालिममा ५० स्थानीययुवाहरुले प्रशिक्षण लिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले तालिमका सहभागीहरुलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सकिने उपाय, आपतकालिन अवस्थामा हुनसक्ने जोखिम र सावधानीबारे प्रशिक्षण दिनुभयो । अल्कोहलमिश्रित स्यानिटाइजर बनाउने तरिका, विश्व स्वास्थ्य संगठनले तय गरेको उत्पादन प्रक्रिया र गुणस्तरीयताको सवाल र औषधि व्यवस्थापन विभागबाट जारी स्यानिटाइजर नीति र नियमावलीवारे प्रशिक्षण दिइयो ।
“युएसएआइडीको ५ वर्षे विपद् जोखिम व्यवस्थापन कार्यक्रम–तयार नेपालको सहयोगबाट कोभिड १९विरुद्ध पूर्वतयारी र द्ु्रत प्रतिकार्यका योजना अघि बनाउन सघाउ पुगेको तुलसीपुर उद्योग वाणिज्य संघका प्रमुख वीर बहादुर रावतले जानकारी दिनुभयो ।
तयार नेपालले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यमा संलग्न नेपालका संघीय, प्रादेशिक र नगरपालिका स्तरीय सघंसस्थाहरुलाई सघाउँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?