logo
२०८१ बैशाख १३ बिहीवार



कङ्गोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कङ्गोमा इबोला प्रकोप भेटिएपछि उच्च सतर्कता


इक्वाटर, कङ्गो 
जेठ २१ गते । अफ्रिकी मुलुक कङ्गाेमा इबोला भाइरसको नयाँ सङ्क्रमण देखिएपछि त्यहाँ उच्च सतर्कता अपनाइएको बताइएको छ । कङ्गाेको सरकारले यहाँ इबोलाको सङ्क्रमण भेटिएको जनाएपछि नागरिकलाई खानपिनमा ध्यान दिन तथा यसको सङ्क्रमणको शङ्का लागेमा तुरुन्त अस्पताल जान सरकारले सूचना जारी गरेको हो ।

कङ्गाेको इक्वाटर प्रान्तको वांगातामा यो प्रकोप देखिएको कङ्गाेको सरकारले मङ्गलबार जानकारी दिएको समाचारमा जनाइएको थियो । वांगातामा मङ्गलबारसम्म यो इबोलाका कम्तीमा छ जनामा सङ्क्रमण भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

ती छ जनामध्ये चार जनाको निधन नै भएको र अरु दुई जना उपचाररत रहेको पनि मन्त्रालयले जनाएको छ । यो भाइरसको प्रकोप पुनः देखिएको विश्व स्वास्थ्य सङ्गठनले पनि पुष्टि गरेको छ । विश्व स्वास्थ्य सङ्गठनले ती सङ्क्रमितहरूको भाइरसबारे ल्याबमा परीक्षण गरिएको र उनीहरूमा उही पुरानै इबोला भेटिएको पाइएको बताएको छ ।

इबोला सरुवा र प्राणघातक रोग भएकोले अस्पताल र स्वास्थ्यकर्मीहरूले पनि सतर्कता अपनाएर उपचार गर्न विश्व स्वास्थ्य सङ्गठनले सुझाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?