logo
२०८१ असोज ९ बुधवार



विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाइ

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


विदेशबाट चीन आपूर्ति हुने खाद्य सामग्रीको परीक्षणमा कडाइ


बेइजिङ, असार ५ गते । चीनले विदेशबाट आपूर्ति हुने खाद्य सामग्रीमार्फत कोरोना सङ्क्रमण भित्रिएको आशङ्कामा परीक्षणलाई कडा पारेको छ ।
चीनको राजधानीस्थित एक मासु बजारबाट कोभिड–१९ सङ्क्रमण फैलिएको रिपोर्टसँगै खाद्य सामग्री (खासगरी सीफुड)को परीक्षणमा कडाइ गरेको हो ।

चिनियाँ स्वास्थ्यविदहरूले पछिल्लो समय कोभिड–१९ सङ्क्रमित बिरामीमा यूरोपमा कोरोना भाइरस सङ्क्रमित बिरामीको जस्तो लक्षण भेटिएको उल्लेख गरिएको छ । चिनियाँ अधिकारीहरूले राजधानी बेइजिङको सिनफादी मासु बजारमा काम गर्ने वा व्यवसाय गर्ने व्यक्तिमा सङ्क्रमण भेटिएपछि वरपरका विद्यालय तथा बस्तीहरूलाई बन्द गरी त्यहाँका सयौँ हजार नागरिकको कोरोना सङ्क्रमण परीक्षण शुरू गरेको छ ।
यसैबीच राजधानी बेइजिङमा थप २५ व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको र योसँगै दोस्रो चरणमा सङ्क्रमित हुनेको सङ्ख्या १८३ पुगेको छ । पछिल्लो चरणमा सङ्क्रमण भेटिएका बिरामीको लक्षण युरोपका बिरामीको लक्षणसँग मिल्दाजुल्दा रहेकोले यतिबेलाको सङ्क्रमण ‘युरोपबाट चीन भित्रिएको’ चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका चाङ योङले बताउनुभयो ।
चीनमा पछिल्लो चरणमा फैलिएको सङ्क्रमण युरोपमा अहिले आउने बिरामीकोभन्दा अलिक पुरानो स्वरूपको रहेको भेटिएको उहाँको दाबी रहेको छ । सिनफादी क्षेत्रका विदेशबाट ल्याइएका सालमन जातका माछा काटिने अचानामा सङ्क्रमण भेटिएको चिनियाँ अधिकारीले बताएका छन् । यसै आधारमा चीनमा पछिल्लो समय देखिएको सङ्क्रमण युरोपबाट चीन आपूर्ति हुने बरफमा राखी ल्याइएका सीफुडसँगै भित्रिएको हुनसक्ने चाङको दाबी थियो ।
चीनले सीफुडका १५ हजार ६३८ नमूना सङ्कलन गरी परीक्षण गरेको थियो तर ती सबैमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?