logo
२०८१ असोज ११ शुक्रवार



शारीरिक अभ्यास ज्येष्ठ नागरिकका लागि महत्त्वपूर्ण

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


शारीरिक अभ्यास ज्येष्ठ नागरिकका लागि महत्त्वपूर्ण


ब्राजिल, साउन ३ गते ।
नियमित रुपमा शारीरिक अभ्यासमा सम्लग्न हुने जेष्ठ नागरिकहरूलाई मानसिक तनाव कम पर्ने एक अध्ययनले देखाएको छ । त्यसैगरी दीर्घ रोग, कमजोर मांसपेशीसम्बन्धी समस्या र अन्य शारीरिक कमजोरीलगायतका लागि पनि नियमित शारिरिक अभ्यास छ की छैन भन्ने कुराले महत्व राख्ने अध्ययनकर्ताहरूको निष्कर्ष छ ।
ब्राजिलको साओ पाउलो विश्वविद्यालयबाट गरिएको अध्ययनको प्रतिवेदन अमेरिकी जेरियाट्रिक्स सोसाइटीको जर्नलमा प्रकाशित भएको हो । अध्ययनले पाँचदेखि १० दिनसम्मको निस्क्रियताले पनि मांशपेसीमा समस्या ल्याउन सक्ने देखाएको प्रतिवेदनमा उल्लेख छ ।
विश्वभरि कोरोनाभाइरसको सङ्क्रमण फैलिएपछि जेष्ठ नागरिकहरूको शारीरिक अभ्यासमा कमी आएको र त्यसले उनीहरूको स्वास्थ्यमा पनि असर पारेको अध्ययनकर्ताहरूले बताएका छन् । दैनिक एक हजार ५०० पाईलासम्म हिडेकाहरूलाई मांशपेसी चलेर स्वास्थ्यमा कम समस्या आउने अध्ययनले देखाएको छ । शारीरिक अभ्यास कम हुँदा रगतमा चिनीको मात्रा बढ्ने चिकित्सकहरूको पनि भनाइ छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?