logo
२०८१ मंसिर १२ बुधवार



बयलपाटा अस्पतालमा कार्यरत १९ जनामा कोरोना सङ्क्रमण

स्वास्थ्य |
खुला |


बयलपाटा अस्पतालमा कार्यरत १९ जनामा कोरोना सङ्क्रमण
बयलपाटा अस्पताल । तस्बिरः शिवराज ढुङ्गाना



शिवराज ढुङ्गाना
अछाम, भदौ ५ गते । सामुदायिक अस्पतालको रुपमा सञ्चालनमा रहेको अछामको बयलपाटा अस्पतालमा कार्यरत १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य कार्यालय अछामलाई प्राप्त नतिजा अनुसार नौ जना स्वास्थ्यकर्मी र १० जना विभिन्न फाँटमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको उक्त अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएका स्वास्थ्यकर्मी र कर्मचारीमा ठूलो स्वास्थ्य समस्या नरहेका कारण सोही अस्पतालमै राखेर उपचार गरिने भएको छ । “हाम्रा स्वास्थ्यकर्मी र कर्मचारी अस्पतालमै राखेर उपचार हुन्छ ।” डा. गौचनले भन्नुभयो । एकै पटक ठूलो सङ्ख्यामा अस्पतालकै कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालका आकस्मिक सेवा समेत बन्द गरिने भएको बताइएको छ । यसअघि एक जना अस्पतालमा कार्यरत व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि हुँदा अस्पतालका आकस्मिक बाहेकका सेवा बन्द अवस्थामै थियो ।
शुक्रबार अछाममा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय अछामले जानकारी दिएको छ । बयलपाटा अस्पतालका १९ जना, पञ्चदेवल विनायक नगरपालिकाका १० र अन्य छ जनामा कोरोना पुष्टि भएको हो । अछाममा कोरोना सङ्क्रमितको सङ्ख्या ७८५ पुगेकोमा ७०५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?