logo
२०८१ असोज १३ आईतवार



कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछः विश्व स्वास्थ्य सङ्गठन

स्वास्थ्य |
अन्तर्राष्ट्रिय |


कोभिडविरुद्धको खोप अर्को वर्षको मध्यपछि मात्र बजारमा आउछः विश्व स्वास्थ्य सङ्गठन


जेनेभा, भदौ २० गते।
विश्व स्वास्थ्य संगठनले कोभिड १९ विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताउनुभएको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभएको बताइएको छ । उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभएको थियो– मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।

त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उहाँले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताउनुभयो ।
उहाँले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताउनुभयो ।

त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?