logo
२०८१ मंसिर १३ बिहीवार



स्वास्थ्य मन्त्रालयलाई सुरक्षा सामग्री हस्तान्तरण   

स्वास्थ्य |
खुला |


स्वास्थ्य मन्त्रालयलाई सुरक्षा सामग्री हस्तान्तरण   


काठमाडौँ, कात्तिक १८ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले उक्त पिपिई असामग्री हस्तान्तरण गर्नुभएको हो । पिपिई रु एक करोड ६२ लाख ४३ हजार ३४३ बराबरको रहेको छ ।    
    
कार्यक्रममास्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना सङ्क्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोभिड–१९ का सङ्क्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले पिपिईलाई मन्त्रालयले आवश्यकता रहेर वितरण गर्ने समेत जानकारी दिनुभयो ।    
    
चार हजार थान मन्त्रालयले आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको पाँच हजार ४५७ थान यस संस्थाले काम गरिरहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार संस्था तथा स्थानीयतहमार्फत स्थानीय स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने छ ।    
    
सोही कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले गैरसरकारी संस्थालाई कोभिड लक्षित कार्यक्रम बनाउनको लागि अनुरोध गरिएको बताउनुभयो । एक्सनएड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीलाई सुरक्षितरुपमा सेवा दिनका लागि सहयोग पुग्ने धारणा राख्नुभयो ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?