logo
२०८१ फाल्गुन २२ बिहीवार



कोरोना सक्रिय सङ्क्रमित कम हुँदै   

स्वास्थ्य |
खुला |


कोरोना सक्रिय सङ्क्रमित कम हुँदै   
सांकेतिक तस्बीर


काठमाडौँ, पुस ५ गते। हालसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त हुने दुई लाख ४३ हजार ६६४ पुगेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक हजार ९७ छ । त्यसैगरी हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या आठ हजार ३२० छ । कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ५३ हजार ७७२ पुगेको छ । 

  पछिल्लो २४ घण्टामा नौ हजार ४०० मा कोरोना परीक्षण गर्दा थप ५८८ जनामा कोरोना भाइरस सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ११ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ७८८ पुगेको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?