logo
२०८१ जेष्ठ १० बिहीवार



आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने सङ्क्रमितको संख्या घट्दै

स्वास्थ्य |
पढ्नै पर्ने |


आईसीयू र भेन्टिलेटरमा राख्नु पर्ने सङ्क्रमितको संख्या घट्दै


केशवराज पौडेल
काठमाडौं, पुस १४ गते । देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या घटेसँगै आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिने विरामीको संख्या पनि घटेको छ । आइतबारसम्मको तथ्याङ्क अनुसार देशभर २८८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत रहेका छन् । जसअन्तर्गत २३५ जना आईसीयू र ५३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात प्रदेशमा ९५९ आईसीयर ४२३ वटा आईसीयू सहितको भेन्टिलेटर छन् । नेपालमा एक हजार ४८२ वटा आईसीयू र भेन्टिलेटरमध्ये २८८ जनामात्रै त्यसमा उपचार भैरहेको छ । नेपालमा एक हजार १९४ वटा आईसीयर भेन्टिलेटर बेड कोरोना संक्रमितले प्रयोग गर्न पाउने गरि तयारी अवस्थामा छन् ।
५२ वटा सरकारी अस्पताल र २७ निजी अस्पतालबाट कोरोना संक्रमितको निशुल्क उपचारहुँदै आएकोमा अब ५२ वटा सरकारी अस्पतालबाट मात्रै यो सेवा पाइने भएको छ ।
अहिले नेपालका अधिकाशं स्थानमा कोभिडको उपचार गराउन जनरल, आईसीयर भेन्डिलेटरको खाँचो नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी स्वास्थ्य संस्थाबाट हुँदै आएको निशुल्क उपचारको सेवा पनि हटाएको छ । निजी संस्थाहरुमध्ये आठ बटा मेडिकल कलेजहरुलाई भने सरकारले सेवा दिने संस्थाकै रुपमा राखेको छ ।
कोभिडका बिरामीको चाप घटेसँगै अनिवार्य रुपमा निजी अस्पतालले अनिवार्य रुपमा कोभिडका बिरामीलाई राखेको सामान्य बेड, आईसीयतथा भेन्टिलेटरमा समेत बिरामीको संख्या कमी हुँदै आएको छ ।
नेपाल सरकारले यसअघि निजी अस्पतालमा समेत अनिवार्य बेड २० प्रतिशत आईसीयर सरकारी अस्पतालमा ५० प्रतिशत छुट्टाउने प्रावधान राखेको थियो भने २७ निजी र ५२ सरकारी अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरेको थियो ।
‘ कोभिडका बिरामीको चाप’ घटेको भन्दै कोभिड अस्पतालको सूचिबाट निजी अस्पताललाई हटाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो ।
सरकारले निजी अस्पताललाई कोभिड अस्पतालबाट हटाउने निर्णय गरेसँगै कोभिडको परीक्षण, उपचार सरकारी अस्पतालबाट हुने उहाँले जानकारी दिनुभयो । कोभिडको उपचार भैरहेको मेडिकल कलेजमा भने अझै कोभिडको उपचार हुनेछ ।
‘ अहिले सरकारी अस्पतालमा कोराना संक्रमितको उपचार, जनरल बेड, आईसीयर भेन्टिलेटरको मौजुदा पर्याप्त रहेकाले, अहिलेको अवस्थामा निजी अस्पतालबाट दिदै आएको निशुल्क कोरोनाको उपचार अहिलेलाई रोकेका छौ’ सहप्रवक्ता अधिकारीले स्पष्ट पार्नुभयो ।
पछिल्लो एक महिनाको समयमा संक्रमितको संख्यामा निक्कै कमी आएको, कोराना संक्रमितहरु होम आइसोलेशनमै बस्न रुचाएको कारणले पनि अस्पतालमा सहजै बेड पाइने अवस्था सृजना भएको हो । पछिल्लो एक हप्तालाई आधार मान्दा दैनिक ५ हजार ५ सय ४६ जनाको कोरोना भाइरस परीक्षण हुँदै आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गत सोमबारदेखि आइतबारसम्म ३८ हजार आठ सय २४ जनाको कोरोना परीक्षण गरिएको छ । जसअन्तर्गत गत सोमबार ६ हजार ३ सय ५१, मंगलबार ७ हजार, बुधबार ६ हजार ५५९, बिहीबार ५ हजार ५१०, शुक्रबार ४ हजार १४२, शनिबार ५ हजार ४३४ र हिजो आइतबार ३ हजार ८२८ जनाको कोरोना परीक्षण भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार देशभर ८० प्रयोगशालाबाट परीक्षण हुँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?