logo
२०८२ भाद्र ११ बुधवार



देवघाटमा ९८ वर्षीया महिलालाई कोभिडविरुद्धको खोप

स्वास्थ्य |
खुला |


देवघाटमा ९८ वर्षीया महिलालाई कोभिडविरुद्धको खोप
देवघाटमा ९८ वर्षीया बृद्धालाई कोभिड खोप लगाईँदै


प्रकाशचन्द्र भट्टराई
दमौली, माघ १८ गते । तनहुँको देवघाट गाउँपालिकामा ९८ वर्षीया बृद्धालाई कोभिडविरुद्धको खोप लगाईएको छ । देवघाट क्षेत्र विकास समिति अन्तर्गतको समाजकल्याण केन्द्र ज्येषठ नागरिक आश्रममा बस्दै आउनुभएकी ९८ वर्षीया अगमकुमारी उपाध्यायलाई आइतबार कोभिडविरुद्धको खोप लगाई देवघाट गाउँपालिकामा खोप अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो ।
बृद्धाश्रममा बस्ने ज्येष्ठ नागरिक अधिकांश ८० वर्ष माथिका हुनुहन्छ । बृद्धबृद्धाहरु दैनिक विभिन्न व्यक्तिले उपलब्ध गराउने भोजन ग्रहण गर्ने र कोभिडको निकै जोखिममा पर्ने भएको कारण सबैभन्दा पहिला बृद्धबृद्धालाई कोभिड खोप लगाइएको बुढाथोकीले बताउनु भयो ।
आइतबार बृद्धाश्रममा बस्ने ३४ जना बृद्धबृद्धा, १३ जना आश्रमका कर्मचारी, ५० जना महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ्यकर्मी, ३ जना सरसफाई कर्मी, ३ जना नगर प्रहरी १ जना एम्बुलेन्स चालक गरी १०४ जनालाई कोभिडविरुद्धको खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख बुढाथोकीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?