logo
२०८१ बैशाख २२ शनिवार



सडक मानव मुक्त देशको सङ्कल्प

विचार/दृष्टिकोण |


सडक मानव मुक्त देशको सङ्कल्प


केपी शर्मा ओली

नेपाल मानवता, मानवतावादको सभ्यता, इतिहास र पृष्ठभूमि भएको देश हो, जसले मानव जातिलाई दाजुभाइ दिदीबहिनी वा आफन्त ठान्छ । वशुधैव कुटुम्बकम् भनेको त्यही हो । विश्व नै नातागोताभित्रको कुरा हो, आफन्त हो, कुटुम्ब हो, परिवार हो । मानवका लागि उहिलेदेखि यसै भूभागले एउटा सभ्यताको शङ्खघोष ग¥यो ः सर्वे भवन्तु सुखिन ः (सबै सुखी होऊन्) । सबै सुखी हुन पनि सकिने, सबैलाई सुखी बनाउन पनि सकिने यो धर्ती ।
मान्छेकै कारणले, मान्छेकै अज्ञानताकै कारणले, मान्छेद्वारा नै पीडा दिइएका कारणले, मान्छेद्वारा बेवास्ता गरिएका कारणले अथवा मान्छेले नै अपहेलना गरेकै कारणले मान्छेले सुखी हुन पाएन । सबै सुखी होऊन्, सबै निर्भय होऊन्, सबै निरोगी होऊन्, सबै खुशी देखिऊन्, कसैलाई पनि कुनै प्रकारको दुःख कष्ट नहोस् यो इच्छा राखे हाम्रा पूर्वजहरूले । मानवको अन्तिम इच्छा, आकाङ्क्षा, मानवका सबै प्रयास र चेष्टाको निष्कर्ष भनेको सुख प्राप्ति हो ।
कोही पनि मानिस बिना अपवाद सुखी हुन चाहन्छ । सुख कसरी प्राप्त हुन्छ र दुःखबाट कसरी उन्मुक्ति हुन्छ ? भनेर धेरैले घर ÷व्यवहार छोडे, कसैले दरबार छोडे । बुद्धले दरबार छोडे, थुप्रै कुरा छोडे । बुद्धजस्तै थुप्रैले थुप्र्रै कुरा छोडे । आज, सुख कसरी प्राप्त हुन्छ ? यो अभियानमा देश जुट्न लागेको छ ।
केही मानवतावादले ओतप्रोत, मानवीय भावनाले ओतप्रोत प्रबुद्ध साथीहरू र युवाले एउटा अभियान सुरु गर्नुभयो– मानव सेवा । मानव सेवा कहाँ लगेर गर्ने त ? कहाँ बसेर गर्ने त ? आश्रम पनि चाहियो । यो धर्म कमाउने, शङ्ख घण्ट बजाउने आश्रम होइन । यो पिठ्यँुमा लागेका पराल हटाएर मान्छेको पिठ्युँलाई दुरुस्त बनाउने आश्रम हो ।
मानव सेवा आश्रमले बिना भेदभाव सबैका आमाबुबा, हजुरबुबा, हजुरआमालाई जो विभिन्न कारणले सहाराविहीन हुनुभएको छ, उहाँहरूलाई आफ्नै बाबुआमा, आफ्नै हजुरबा हजुरआमा वा सोभन्दा बढी प्र्रेम गरेर, आत्मीयता, स्नेह, अपनत्व दिएर, निकटता र भरोसा दिएर सेवा पु¥याउनुभएको छ र त्यसका निम्ति यो आश्रम पनि बनाउनुभएको छ, म उहाँहरूको प्रशंसा पनि गर्न चाहन्छु ।
प्रवचनका लागि, उपदेशका लागि भगवान्का दूत थुप्रै भेटिन्छन् । तर, दुनियाँमा लट्टा परेको कपाल काटेर नुहाइदिने, शरीरभरि भएका घाउ धोएर, मलम लगाएर उपचार गरेर निको पारिदिने, बन्धनबाट साङ्ला काटेर मुक्त गरिदिने, रोगको उपचार गराएर स्वस्थ गराइदिने, सडक पेटीमा फालिएको अथवा खोरमा थुनिएको अवस्थाबाट आश्रममा लगेर एउटा सम्मानपूर्ण, स्नेहयुक्त जीवन दिने त्यस्ता देवदूतहरू कमै भेटिन्छन्, जो मानव सेवा आश्रममा फेला परेका छन् । कोही युवक, कोही युवतीका रूपमा– विभिन्नरूपमा प्रकट भएका यी देवदूतको म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । यी साँच्चै देवताले पठाएका मान्छेजस्तो लाग्छ ।
म प्रधानमन्त्रीको हैसियतमा, एउटा राजनीतिकर्मीको हैसियतमा मेरो उद्देश्य नेपाललाई समृद्ध बनाउने हो र नेपाली जनतालाई सुखी बनाउने हो । समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा बनाएर लागिरहेको छु । कोही पनि नेपाली दुःखी हुनुहुँदैन, कुनै पनि हिसाबले दुःखी हुनुहुँदैन । दुःखका सबै कारण समाप्त पारिनुपर्छ । त्यो अभियान लिएर म हिँडिरहेको हुँ । त्यो अभियानमा मेरो यो एउटा ‘महायज्ञ’ हो । राष्ट्रनिर्माणको महायज्ञ समृद्ध नेपाल सुखी नेपाली निर्माणको महायज्ञ । यो महायज्ञमा विघ्नबाधा पार्ने, विध्वंश मच्चाउने, यज्ञ मण्डप भत्काउने तìवहरू पनि फेला पर्छन् । तर, मैले सँगसँगै यज्ञमा साथ दिने, यज्ञ आफ्नो जीवनको कर्तव्य हो, जीवनको सफलता हो, जीवनको उद्देश्य हो भनेर हिँड्ने मानव सेवा आश्रममा संलग्न महानुभाव पनि भेटेको छु । मलाई हौसला बढेको छ, प्रेरणा बढेको छ र यो देश साँच्चै नै समृद्ध बनाउन सकिन्छ र सम्पूर्ण नेपालीलाई सुखी बनाउन सकिन्छ ।
हामीले सडकका बालबालिकालाई सुखी बनाएका छौँ । कुना काप्चामा फालिएकाहरूलाई सुखी बनाएका छौँ । यस अभियानमा सहकार्य गरेका छौँ । म मानव सेवा आश्रम र यसमा संलग्न साथीहरूलाई, यसका संरक्षक जसले युवालाई प्रेरणा, हौसला र आत्मविश्वास दिनुभएको छ, उहाँलगायत सबैलाई पनि हार्दिक धन्यवाद भन्न चाहन्छु । यस काममा सहयोग पु¥याइरहेका सुरक्षा निकाय, जनप्रतिनिधि, अन्य आवधिक स्वयमसेवकहरू अथवा यस कामलाई प्रोत्साहन र हौसला प्रदान गर्ने महानुभाव, विभिन्न ढङ्गले सहयोग पु¥याउने स्थानीय जनता सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । सबैभन्दा ठूलो पुण्यकार्य यही हो ।
थला परेर पिठ्युँमा घाउ भएका र पिठ्यँुमा पराल गाडिएका, घाउमा पराल गाडिएका मानिसको उद्धार र त्यस जीवनबाट एउटा मानवोचित जीवनमा ल्याउने कार्यभन्दा ठूलो पुण्यकार्य अरू के हुन सक्छ ? आफन्तहरूले नसकेर, चेतनाको अभावमा भगवान्को इच्छाले यस्तो भयो, आफँैले होइन भन्ने स्थितिमा पुगेका आफन्तभन्दा बढी तिनको उद्धार गर्नु र नयाँ जीवनको सञ्चार दिनु सानो कुरा होइन । तिनमा बाँच्न सकिनेरहेछ भन्ने आशा दिनु, यो धर्तीमा मानव पनि रहेछन् भन्ने कुराको विश्वास दिलाउनु, मानव सभ्यता, मानव समाजप्रति फैलिएको घृणाभावलाई खत्तम पार्नु र एउटा मानवीय भाव र मानवताप्रति पुनःआस्थाको जागरण गराउनु सानो कुरो होइन । योभन्दा ठूलो पुण्यकार्य अरू केही हुन सक्दैन । सेवा नै परम धर्म हो ।
टन्न सम्पत्ति भएकालाई दान गरेर अथवा आवश्यकता नभएकालाई सेवा गरेर धर्म हुँदैन । सहयोगापेक्षी, जसलाई सहयोग गर्र्र्र्र्दा त्यसको खास अर्थ छ, त्यसलाई सहयोग गरेर फेरि सामान्य सामाजिक जीवनमा फर्काउनु परम धर्म हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका थिए–
“कुन मन्दिरमा जान्छौँ यात्री, कुन मन्दिरमा जाने हो ।
मलम लगाउ चहराइरहेका हातहरूको घाउ ।”
यो कविताको सार्थकता आज मानव सेवा आश्रमका भाइबहिनीले चरितार्थ गर्नुभएको छ, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्नुभएको छ ।
मैले २०७८ सालभित्र सहयोगापेक्षी सडक मानवरहित देश बनाउने, भिखमङ्गारहित देश बनाउने, सडक बालबालिकारहित देश बनाउने, अभिभावकविहीन बालबालिकाले अभिभावक छैन भन्ने स्थिति नहोेस्, सरकारले अभिभावकत्व वा कोही न कोही अभिभावकत्व प्राप्त गर्ने स्थिति बनाउने सङ्कल्प गरेको छु । त्यो घोषणा गरेको छु र यस्ता अभियान त्यस्ता घोषणा सार्थक बनाउनका लागि धेरै महìवपूर्ण छन्, सहयोगी छन् । त्यसकारण म महिला, बालबालिका ज्येष्ठ नागरिक मन्त्रालय, त्यसअन्तर्गतका विभिन्न सङ्घसंस्थाहरू सबैलाई भन्न चाहन्छु, ध्यानाकर्षण गराउँछु । मानव सेवा आश्रमले यो अभियान किन चलाउनु परेको छ ? मन्त्रालयहरूले बुझ्नपर्छ । यस्ता सहयोगापेक्षी मानवहरू अन्तरकुन्तर, कुनाकाप्चा, वनजङ्गल, सडकपेटी अथवा खोरहरूमा थुनिएका मानव सेवा आश्रमले मात्रै भेट्छ, स्थानीय तहले किन भेट्दैन ? जनप्रतिनिधिले किन भेट्दैनन् ? सरकारका निकायहरूले किन भेट्दैनन् ? सरकारका निकायहरूले यस्ता भेट्नुपर्छ र सहयोग गर्नुपर्छ । यस्ता कामहरूमा सहयोग पु¥याउनका लागि सरकार तयार छ, म तयार छु ।
म अनुरोध गर्न चाहन्छु, सरकारका सम्बन्धित निकाय मात्रै होइन, यस्ता कुराहरूमा मानव अधिकारवादी सङ्घ संस्थाहरूले पनि काम गर्नुपर्छ । तर उहाँहरूलाई राजनीतिक भाषण गर्दाको फुर्सद छैन । कसैको समर्थन वा विरोधमा उफ्रिँदाको फुर्सद छैन । मानव अधिकारका लागि माइतीघर मण्डलामा ब्यानर देखाएर हुँदैन । मानव अधिकारका लागि तपाईंले गाउँमा जानुपर्छ । मानवअधिकारका लागि सहयोगापेक्षीकोमा जानुपर्छ । मानव अधिकार प्राप्त नभइराखेको ठाउँमा जानुपर्छ र तिनलाई मानव अधिकार उपलब्ध गराउनुपर्छ । सरकार तपाईंको साथमा छ त्यसका लागि । मानव अधिकारवादी सम्पूर्ण सङ्घ संस्थाहरूलाई म मानव सेवा आश्रमको भ्रमण गर्न आग्रह गर्न चाहन्छु । तपाईंहरूको मानव, मानवतावाद, मानव अधिकारको नारा सार्थक हुन्छ । मानवता त्यहाँ छ, मानवतावाद त्यहाँ छ, मानव अधिकार त्यहाँ छ ।
म देशभरिका सम्पूर्ण सुरक्षा निकाय, सम्पूर्ण प्रशासनिक निकाय, जनप्रतिनिधि र जनप्रतिनिधि संस्थालाई आग्रह गर्न चाहन्छु, यस कार्यमा हात बढाउनु होस् । कमसेकम मानव सेवा आश्रमलाई साथ सहयोग दिनुस् । मानव सेवा आश्रमलाई चाहिने जमिन र अरू सहयोगहरू सरकारले उपलब्ध गराउँछ । सरकारले छिटो जमिन उपलब्ध गराइदेओस् मानव सेवा आश्रमलाई हामी घर बनाउन सहयोग गर्छाैं भन्नुभएको छ काठमाडौँ महानगर प्रमुखले । अरू पनि जनप्रतिनिधिलाई म आग्रह गर्न चाहन्छु, स्थानीय तवरमा सार्वजनिक जमिन धेरै छ, त्यस्तो जमिन मानव सेवा आश्रमलाई उपलब्ध गराइदिनुस् । अरू केही वर्ष मानव सेवाको आवश्यकता परेका अथवा उद्धारको आवश्यकता परेका, सहयोगापेक्षी अवस्थामा रहेका मानवहरूको स्थितिलाई २०७८ भित्रै टुङ्ग्याउँछौँ भनिरहेका छौँ । यसका निम्ति उद्धार गरेर मात्रै हुँदैन, सामाजिक जागरण चलाउन जरुरी छ । त्यस्तो मान्छे त्यसरी राखिनु हुँदैन । तमाम नेपाली दाजुभाइ दिदीबहिनीलाई म भन्न चाहन्छु, तपाईंको घरपरिवारमा सुस्त मनस्थिति कोही भेटियो भने मानव सेवा आश्रममा बुझाइदिनुस् । थुनेर राख्ने होइन, साङ्लाले बाँध्ने होइन । मानव जाति साङ्लाले बाँधिने प्राणी होइन । मानव जाति स्वतन्त्र प्राणी हो, त्यसलाई स्वतन्त्र राख्न सकिन्छ, उपचार गराउन सकिन्छ । अलिकति डिप्रेसन भयोे होला, अलिकति मनमा पीर प¥यो होला, अलिकति कठिनाइले अस्थिरता बनायो होला– ती कुराको उपचार गर्न सकिन्छ । सकिएन भने पनि हामीले हेरविचार गर्नुपर्छ ।
अहिले सरकारको तर्फबाट यति कुनाकाप्चामा रहेका छ सय लगभग सहयोगापेक्षी मानवको उद्धार गर्नुपथ्र्याे भने करोडौँले हुँदैनथ्यो, दशौँ करोडले हुँदैनथ्यो । मानव सेवा आश्रमबाट जुन काम भएको छ, उहाँहरू उत्साहका साथ बिहानै सबेरैदेखि राति ११÷१२ बजेसम्म खट्नु भएको, म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । यो अफिस समयको काम होइन । यो कर्तव्य जबसम्म पूरा हुँदैन तबसम्मको काम हो । अनन्त दीप दियोमा बत्ती बालेर अनन्त दीपभन्दा यो अनन्त दीप, जसले मानवताको भावना अनन्तरूपमा बोकेर हिँडेको छ र जलाइरहेको छ, प्रज्ज्वलित गरिरहेको छ– यो महाअनन्त दीप हो । यो महाअनन्त दीप जलाउने भाइबहिनीहरूलाई म मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छु । उद्धार गरिएका मानवहरूको जीवन जुन हामीले पर्दामा देख्यौँ, त्यो देख्दा मेरोभित्र दुख्यो । आँखामा आँसु आयो । आफैँले भोग्नु पर्दा कस्तो हुन्छ होला ? सहनु पर्दा कस्तो भयो होला ? साङ्लाले बाँधिनु पीडा छ, मैले पनि भोगेको छु । म पनि धेरै वर्ष खुट्टामा, हातमा साङ्लाले बाँधिएर बसेको मान्छे हुँ । बडो कष्टकर हुन्छ । साङ्लाले हातखुट्टामा पारेका घाउहरू बडा पीडादायक हुन्छन् । त्यही नेलले, त्यही साङ्लोले घाउ पार्छ र त्यो साङ्लो सधैँ त्यही रगडिरहन्छ घाउमाथि । कस्तो भयो होला ? यी पीडा मैले भोगेको छु । त्यस्तो पीडा मान्छेले भोग्न नपर्ने दिन हामी ल्याउन चाहन्छौँ ।
अहिलेसम्म यस कार्यमा बाधा पु¥याउने कोही प्रकट भएको छैन । तर समग्रतामा, एउटा अभियान विशेषमा बाधा नपु¥याए पनि समृद्ध नेपाल, सुखी नेपाली बनाउने महाअभियानमा बाधा पु¥याउने तìवहरू देखा परेका छन् । म त्यता जान चाहन्नँ । मलाई थाहा छ, ऋषि विश्वामित्रले यज्ञ गर्न खोज्दा पनि यज्ञ भाँड्ने तìवहरू आएका थिए र राम लक्ष्मणले उद्धार गर्नुपरेको थियो । वाल्मीकिले यज्ञ गर्दा त्यहाँ पनि भाँड्ने, बिथोल्ने, यज्ञ मण्डप भत्काइदिने तìवहरू फेला परेका थिए । तिनका सन्तान आज पनि भत्काउने फेला परे भने कुनै अनौठो कुरा होइन । कुनै जमानामा पनि सत्यको मार्गमा हिँड्नेहरू विचलित भएनन्, हुँदैनन्, हुनुहुँदैन ।
हामीले २०७८ सालभित्र सहयोगापेक्षी सडक मानव मुक्त देश बनाउनुपर्छ । यो राष्ट्रिय सङ्कल्प, हरेक नेपालीको सङ्कल्प हुनुपर्छ । म दाजुभाइ दिदीबहिनीहरूलाई देशभरि नै आग्रह गर्न चाहन्छु, यदि तपाईंको घरमा, टोलमा, बस्तीमा, गाउँमा, वडामा, पालिकामा कहीँ पनि त्यस्ता सहयोगापेक्षी मानव छन् भने कृपया नजिकैको प्रहरी÷प्रशासनलाई खबर गर्दिनुस् । त्यसले मानव सेवा आश्रमलाई खबर गर्छ । आश्रमलाई अप्ठ्यारो प¥यो भने मलाई खबर गर्नुस्, तपाईंहरूका लागि म छु । यो अभियान तपाईंहरू चलाइरहनुभएको छ तर यो अभियान मेरो अभियान हो । त्यो अपनत्वका साथ म यसलाई लिन्छु । यस काममा हिँड्ने बेलामा मैले तपाईंहरूको यात्रा सफल रहोस्, तपाईंहरूले कोही पनि फेला नपार्नुस् भनेर शुभकामना दिएको थिएँ । तर, उहाँहरूले त छ सय मान्छे फेला पार्नुभयो । देशको अवस्था त्यो रहेछ ।
मानव सेवा आश्रमलाई कुनै नक्कली कुराको अभिनय गर्नु छैन, नाटक गर्नु छैन । अभिनय गरेर हिरो हुनु छैन । उहाँहरूको नामको प्रचारमा होइन, काममा ध्यान छ । त्यसकारण कामले उहाँहरूलाई हिरो बनाएको छ । समाज सेवाका प्रतिरूप यी सबै हिरोहरू, जो विभिन्न आश्रममा रहेर आश्रमका सेवकका रूपमा खटिइरहनुभएको छ । जसलाई सेवा साँच्चै आवश्यक छ, तिनीहरूको सेवामा स्वयमसेवी रूपमा, भत्ताखोर स्वयमसेवी होइन । हामीले दुनियाँमा देखेका छौँ, नेपालमा पनि देखेका छौँ स्वयमसेवी तर भत्तामा । सरकारी कार्यालयहरूमा के छ ? तनखा पनि लिइराखेको छ तर बैठक गर्नुप¥यो भने बैठक भत्ता पनि लिएको छ । एकछिन बैठक गर्दा बैठक भत्ता । मानव सेवा आश्रमको अभियानमा लाग्नुभएकालाई राति हिँड्दा पनि बैठक भत्ता चाहिएको छैन, जाडोमा हिँड्दा पनि बैठक भत्ता चाहिएको छैन, गर्मीमा पनि बैठक भत्ता चाहिएको छैन । कामकै भत्ता चाहिएको छैन, आफैँ भोलि उठी कहाँ जाने त्यो पनि थाहा छैन । को कस्तो बिरामी कहाँनिर भेटिन्छ त्यो पनि थाहा छैन । तर, उहाँहरू प्रहरी, प्रशासन, जनप्रतिनिधि, समाजसेवी, स्थानीय जनता सबैको सहयोगमा सहयोगापेक्षी मानवहरू पत्ता लगाएर उद्धार गरिरहनुभएको छ । अहिलेसम्म उहाँहरूले हामीबाट अलिकति प्रशंसा, ताली पाउनुभएको छ ।
मान्छेले हत्तपत्त अरूको प्रशंसा गर्न चाहँदैन । आफ्नो प्रशंसाचाहिँ खुब कान खोलेर सुन्छ । अरूको प्रशंसा गर्नुप¥यो भने (मुख बन्द) गरेर बस्छ । मान्छेको जात त्यस्तो हो । तर, आज हाम्रा हातहरू खुलेका छन्, मन प्रशन्न भएका छन् र प्रशन्न मनका साथ हामी खुला हातले ताली बजाइरहेका छौँ । किनभने प्रशंसा गर्न हामीलाई कुनै कठिनाइ छैन । किनभने उहाँहरूका कामले हामीलाई प्रशंसा गर्न बाध्य बनाउँछ ।
अब धेरै लामो समय यही स्थिति हुने होइन । हामी नेपालमा सहयोगापेक्षी मानव सडकमा नहुने मात्रै होइन, कहीँ पनि नहुने र मानव सेवा आश्रमले मान्छे खोज्न हिँड्नुपर्ने, आश्रममा ल्याएर सेवा गर्नुपर्ने स्थितिलाई न्यून गर्दै लगेर शून्यमा पु¥याउन खोज्छौँ । जहाँ, मानव जाति एउटा सभ्य जाति होस् । यो हाम्रो साझा अभियान हो । अब लगभग डेढ वर्ष पनि रहेको छैन, यति समयभित्र हामीले यस अभियानलाई सार्थक सफलतामा पु¥याउनुपर्छ ।
नेपालमा मानव अधिकार उल्लङ्घन भन्ने टापटिपे कुरा होइन । उल्लङ्घन भन्ने राजनीतिक पक्षधरताको कुरा होइन । मानव अधिकार प्राप्त नगरेका मानव कोही पनि नहुने, सबै मानव अधिकारयुक्त, मानव अधिकारले सम्पन्न त्यस्ता नागरिकहरूको देश हुन्छ । हाम्रो उद्देश्य त्यो हो र हामी त्यो बनाएर छोड्छौँ । यसका निम्ति हाम्रो उद्धारको प्रयास मात्रै छैन, देशमा सुशासन र विकासको प्रयास छ । त्यसको एउटा अङ्गको रूपमा हामीले त्यस्ता कुराहरूलाई लिएका छौँ । सरकारले धेरै राम्रा काम गरेको छ । त्यसमध्येको एउटा राम्रो काम, मानव सेवा आश्रमलाई सहयोग गर्नु । हामी यस अभियानलाई जारी राख्नेछौँ जबसम्म आवश्यकता पर्छ ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १६ मा मानव सेवा आश्रमको मेची–महाकाली अभियानको समापन कार्यक्रमलाई गर्नुभएको सम्बोधनको सम्पादित अंश )

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?