logo
२०८१ माघ ३० बुधवार



सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न   

स्वास्थ्य |
खुला |


सङ्क्रमित स्वास्थ्यकर्मी नै उपचारमा सम्लग्न   
सांकेतिक


धादिङ, वैशाख २१ गते । जिल्लामा कोरोना सङ्क्रमित भइ आइसोलेशनमा उपचार गराइरहेका एक स्वास्थ्यकर्मी बिरामीको उपचारमा सम्लग्न छन् । धादिङ अस्पतालद्वारा सञ्चालित अस्थाइ कोभिड– १९ अस्पतालको आइसोलेशनमा बसेका जिल्ला अस्पतालमा रेडियोग्राफर पदमा कार्यरत सुन्दरी गिदेल मगर बिरामीका एक्स– रे गर्ने काम गरिरहनु भएको छ । उहाँले भन्नुभयो, “बिरामीको सेवा गर्न पाउँदा खुशी लागेको छ । कोरोनासँग जुध्न सामूहिक प्रयत्नको खाँचो रहेको छ । ”    
    
 उहाँ यही वैशाख १८ गतेदेखि कोरोना पोजेटिभ भएर आइसोलेशनमा उपचार गराइरहनुभएको छ । जिल्ला अस्पतालमा कार्यरत १३ जना स्वास्थ्यकर्मी कोभिड १९ पोजेटिभ भएर आइसोलेशनमा रहेका छन् ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?