logo
२०८१ बैशाख ६ बिहीवार



बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ

खुला |
समाज |


बालिका बलात्कारको आरोपमा दुईजना पक्राउ
सांकेतिक गुगल तस्विर


राजेन्द्र ठगुन्ना
अमरगढी, असोज ८ गते । डडेल्धुराको भित्रि–मधेश क्षेत्र परशुराम नगरपालिका १० बस्ने १३ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा २ जनालाई इलाका प्रहरी कार्यालय जोगबुडाले पक्राउ गरेको छ ।

असोज ५ गते राति घर नजिकै १३ वर्षीया वालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा सोही नगरपालिका १० बस्ने २३ वर्षीय रामसिह ठगुन्ना र दार्चुला नौगाड गाउँपालिका ५ घर भएका जगदीश धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सामूहिक बलात्कार गरी भागेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोगबुडाबाट खटिएको प्रहरी टोलीले बिहीबार साँझ दुवैलाई पक्राउ गरेको थियो ।” पीडित बालिकाको स्वास्थ्य अवस्था समान्य रहेको र बालिकासहित बलात्कारको आरोपमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा ल्याइएको प्रहरी निरीक्षक चन्दले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?