logo
२०८१ मंसिर १३ बिहीवार



एपीएफ अस्पताल बलम्बुमा कल्याणकारी योजना शुभारम्भ

स्वास्थ्य |
खुला |


एपीएफ अस्पताल बलम्बुमा कल्याणकारी योजना शुभारम्भ


गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १५ गते । सशस्त्र प्रहरी वलको बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा महिलाको स्वास्थ्यसम्वन्धी उपचार सेवाका लागि कल्याणकारी योजना शुभारम्भ भएको छ ।सशस्त्र प्रहरी परिवार महिला सङ्घकी अध्यक्ष सरिता कणेल खनालले शुक्रबार सो सेवाको शुभारम्भ गर्नुभएको हो । कल्याणकारी योजना अन्तर्गत महिलाको पाठेघरलगायत विविध स्वास्थ्यजाँचका लागि कल्याणकारी योजना शुभारम्भ गरिएको हो ।

सङ्घकी अध्यक्ष खनालले महिलाको पाठेघर उपचार सहयोगका लागि आधुनिक उपकरण खरिद गर्न पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । अस्पतालमा महिलाकालागि विशेष किसिमको कार्यालय तथा वार्डको व्यवस्था गरिएको छ । पाठेघरसँग सम्वन्धित् रोग भएका तर आर्थिक अवस्था कमजोर भएका सशस्त्र प्रहरी कर्मचारीका परिवार तथा पूर्व कर्मचारीका परिवारको उपचार गर्न कल्याणकारी सेवा लाभदायक हुने अपेक्षा गरिएको अस्पतालले लिएको छ ।

एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जनले राष्ट्रसेवक कर्मचारीहरु, उहाँहरुको आश्रित परिवार, स्थानीय सर्वसाधारण तथा मानव सेवा आश्रमका बेसहरा, अशक्त, असहाय एवं अभिभावक विहिनहरुको निःशुल्क उपचारमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?