logo
२०८१ मंसिर १० सोमवार



धामी झाँक्रीलाई स्वास्थ्य तालिम

स्वास्थ्य |
खुला |
समाज |


धामी झाँक्रीलाई स्वास्थ्य तालिम
स्वास्थ्य अभिमुखिकरण कार्यक्रममा सहभागी धामी झाँक्री । तस्बिर - राजन रावत, हुम्ला



राजन रावत
हुम्ला मङ्सिर २४ गते । ग्रामीण बस्तीका धामी झाँक्रीलाई स्वास्थ्यबारे अभिमुखिकरण गरिएको छ । सामान्य बिरामी हुँदा अहिले पनि मानिसहरु स्वास्थ्य संस्थामा उपचार गर्न भन्दा पनि धामी बसाल्ने गर्न थालेपछि धामी झाँक्रीलगायतलाई स्वास्थ्य अभिमुखीकरण गरिएको हो ।

अभिमुखीकरण कार्यक्रममा सहभागी ताँजाकोट गाउँपालिका – ५ कैलाश देवताका धामी कर्ण पसाद जैसीले अभिमुखीकरणबाट धामी बसाल्न आउने विरामीलाई स्वास्थ्य संस्थामा गएर.उपचार गर्न सुझाव दिन सहज भएको बताउनुभयो । उहाँले यस कार्यबाट सामान्यदेखि जटिल खालका विरामीहरु धामीकै भरमा पर्ने परम्परालाई बिदा दिन सहज भएको बताउनुभयो ।

अहिले पनि धेरै गाउँ बस्तीमा विरामीहरु उपचारका लागि पहिलो प्राथमिकतामा धामी बसाल्ने कार्यमा लाग्दै आएका छन् । अहिले पनि झारफुक गर्दै कुखुरा र खसीलगायतको बलीसमेत दिन बिरामी र आफन्त तयार हुने भएकाले स्वास्थ्य चेतना जगाउन उक्त अभिमुखीकरण कार्यक्रम राखिएको हो ।

शाखाका स्वास्थ्यकर्मी धनराज ढकालले धामी झाँक्री र स्वास्थ्यकर्मीबीच सम्बन्ध सुधार र सहकार्यका लागि स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा टाउको, पेट दुःखाइ, निमोनिया, झाडापखाला, ज्वरो आउने, गर्भवती, सुत्केरी, गानो जानेलगायतका रोगका बारेमा जानकारी गराएको शाखाले जनाएको छ । उपस्थित ४० जना धामी झाँक्रीले बिरामीहरुलाई स्वास्थ्य संस्थामा गएर चेकजाँच तथा उपचार गर्नका लागि सुझाव तथा प्रेरित गर्ने प्रतिबद्धता जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?