काठमाडौं, पुस २९ गते। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र १९ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १४ सय ४९, ललितपुरमा ३१७ र भक्तपुरमा १५० गरेर १९ सय १६ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै काठमाडौं जिल्लामा मात्र संक्रमितको संङ्ख्या २ लाख ६२ हजार ५९ पुगेको छ जसमध्ये २ लाख ५३ हजार ९७५ जना निको भएका छन् भने २२ सय ४२ जनाको मृत्यु भएको छ।
ललितपुर जिल्लामा अहिलेसम्म ५२ हजार ६५८ जनामा संक्रमण पुष्टि हुँदा ५० हजार ३५६ जनाले कोरोना जितेका छन् भने ७११ जनाको मृत्यु भएको छ।
त्यसैगरी भक्तपुर जिल्लामा ३० हजार ९९४ जनामा संक्रमण पुष्टि हुँदा २९ हजार ५९३ जनाले कोरोना जितेका छन् भने ४३८ जनाको मृत्यु भएको छ।काठमाडौंमा पाँच हजार ८ सय ४२, ललितपुरमा १५ सय ९१ र भक्तपुरमा ९६३ गरेर उपत्यकामा अहिले ८ हजार ३९६ जना सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर विधिबाट भएको परीक्षणमा मात्र २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर गर्दा २९ सय २२ जनामा संक्रमण पुष्टि भएको हो।
४५ सय ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६३१ जनामा संक्रमण पुष्टि भएको छ।पीसीआर र एन्टीजेन परीक्षणमा संक्रमित हुनेको संख्या एकै दिन बिहीबार ३५ सय ५३ पुगेको छ।
२४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ।योसँगै कोरोनाले अहिलेसम्म ११ हजार ६१० जनाको निधन भएकोे छ। २४ घण्टामा २७१ जना डिस्चार्ज भएका छन्।योसँगै कोरोना निको हुनेको सङ्ख्या आठ लाख १५ हजार ३४७ पुगेको छ।निको हुने दर ९६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ३४० पुगेको छ।
बिहीबार २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन्। परीक्षण गराएकामध्ये २३.६ प्रतिशतलाई सङ्क्रमण देखिएको छ।
अहिले ५०० भन्दा बढी संक्रमित भएका जिल्लामा मोरङ, काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की छन्।यस्तै सुनसरी, चितवन मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा दुई सय बढी संक्रमित रहेका छन् ।
अहिले शून्य सङ्क्रमित हुने जिल्ला मुगु मात्र हो।मन्त्रालयका अनुसार नेपालमा सङ्क्रमण दर १६.९ प्रतिशत रहेको छ।संक्रमण बढ्दै गएपछि अहिले होम आइसोलेसनमा १३ हजार ५०३ जना रहेका छन् भने संस्थागत आइसोलेसनमा ८३७ आइसियूमा ११० र भेन्टिलेटरमा २५ जनाको उपचार भइराखेको छ ।
तीन लाख बढीले खोप लगाए
विगत २४ घण्टामा तीन लाख ५६ हजार चार जनाले खोप लगाएका छन्।अहिलेसम्म पहिलो मात्रा एक करोड ५४ लाख ६४ हजार ३३५ जना र पूर्ण मात्रा एक करोड १६ लाख ९१ हजार ३९३ जनाले लगाइसकेका छन्।