logo
२०८१ बैशाख २३ आईतवार



पछिल्लो २४ घण्टामा विश्वभर ३२ लाख भन्दा बढी संक्रमित थपिए

स्वास्थ्य |


पछिल्लो २४ घण्टामा विश्वभर ३२ लाख भन्दा बढी संक्रमित थपिए


काठमाडौं, पुस २९ गते । विश्वभर पछिल्लो २४ घण्टामा ३२ लाख भन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वल्डोमिटरस डट इन्फोको तथ्यांक अनुसार एकै दिन ३२ लाख ८९५ जना संक्रमित थपिएका हुन् ।

योसँगै विश्वमा ३१ करोड ७३ लाख ८२ हजार ५३३ जना कोरोना भाइरबाट संक्रमित भएको वल्डोमिटरसले उल्लेख गरेको छ । त्यस्तै विश्वमा एकै दिन आठ हजार ४१८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै विश्वमा कोरोनाले मृत्यु हुनेको संख्या ५५ लाख ३० हजार ७७८ पुगेको छ। त्यस्तै २४ घण्टामा १० लाख ८३ हजार ३५७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै विश्वमा संक्रमणमुक्त हुनेको संख्या २६ करोड २८ लाख २७ हजार ६९४ पुगेको छ।

वल्डोमिटकाका अनुसार अमेरिकामा आठ लाख २९ हजार २०९ जना, भारतमा दुई लाख ४७ हजार ४१७, युकेमा एक लाख २९ हजार ५८७, फ्रान्समा तीन लाख ६१ हजार ७१९ जना, इटालीमा एक लाख ९६ हजार २२४, स्पेनमा एक लाख ७९ हजार १२५ जनामा कोरोना पुष्टि भएको छ ।

बढ्दै एसियामा संक्रमण दर
एसियामा मात्रै कोरोना भाइरसबाट एकै दिन पाँच लाख छ हजार छ जना संक्रमित भएका छन् । योसँगै एसियामा कोरोना संक्रमित हुनेको संख्या आठ करोड ८२ लाख छ हजार ४५९ पुगेको छ ।
त्यस्तै २४ घण्टामा एक हजार १६७ जना संक्रमितको मृत्यु भएको वल्डोमिटरमा उल्लेख छ । योसँगै एसियामा मृत्यु हुनेको संख्या १२ लाख ६७ हजार ३०८ जना पुगेको छ । २४ घण्टामा २ लाख १५ हजार १६३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै एशियामा संक्रमणमुक्त हुनेको संख्या आठ करोड ३३ लाख ६५ हजार ६२१ पुगेको छ।

यस्तो युरोपको अवस्था
युरोपमा एकै दिन १२ लाख ९६ हजार ५ सय जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो सँगै युरोपमा संक्रमित हुनेको संख्या नौ लाख ९९ लाख १२ हजार ७०८ पुगेको छ । त्यस्तै २४ घण्टामा ३ हजार ७५० जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या १५ लाख ६१ हजार ७३३ पुगेको छ ।
एकै दिन युरोपमा पाँच लाख ६४ हजार ६५७ संक्रमणमुक्र भएका छन् । यो सँगै युरोपमा कोरोनामुक्त हुनेको संख्या सात करोड ९३ लाख ९० हजार ४३२ पुगेको छ ।
अफ्रिका संक्रमणदरको अवस्था
अफ्रिकामा एकै दिन ४० हजार ३४० जनामा कोरोना पुष्टि भएको छ । यो सँगै अफ्रिकामा कोरोना संक्रमित हुनेको संख्या एक करोड ३३ लाख ७४ हजार आठ पुगेको छ । एकै दिन ४१४ जनाको मृत्यु भएसँगै अफ्रिकामा मृत्यु हुनेको संख्या दुई लाख ३३ हजार ८० पुगेको छ । त्यस्तै २४ घण्टामा ३५ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् । यो सँगै संक्रमणमुक्त हुनेको संख्या ९१ लख नौ हजार ६८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा आठ लाख ३८ हजार तीन हजार ७५ जनाका कोरेना पुष्टि भएको छ । जसमध्ये आठ लाख १५ हजार ७६ जना संक्रमित संक्रमणमुक्त भएका छन् । त्यस्तै ११ हजार ६०९ जना संक्रमितको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?