logo
२०८१ बैशाख १४ शुक्रवार



लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्यो कपिलवस्तु अस्पताल

स्वास्थ्य |
खुला |
प्रदेश |


लुम्बिनी प्रदेशकै उत्कृष्ट बन्यो कपिलवस्तु अस्पताल
अस्पतालमा आयोजना गरिएको न्युनतम सेवा मापदण्ड मूल्यांकन फलोअप तथा समीक्षा कार्यक्रम । तस्विरः नारद कोहार । तौलिहवा


नारद कोहार

तौलिहवा, चैत्र १० गते । जिल्लाको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कन फलोअप तथा समीक्षामा लुम्बिनी प्रदेशमै उत्कृष्ट बनेको छ । सो अस्पताल कुल ८७ अङ्क प्राप्त गरी प्रदेशमै पहिलो भएको हो ।

लुम्बिनी प्रदेश अस्पतालहरुको न्युन्तम सेवा मापदण्ड मुल्यांकन फलोअप तथा समिक्षा कार्यक्रममा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय स्वास्थ्य निर्देशनालयका प्रतिनिधि तथा बर्दिया अस्पतालका मेसु सुबास पाण्डेयले सो कुरा सार्वजनिक गरेका हुन ।

उहाँले भन्नुभयो 'चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा प्रदेशका अस्पतालमा आएको नतिजा अनुसार कपिलवस्तु अस्पताल प्रदेशकै उत्कृष्ट बनेको हो ।' कपिलवस्तु अस्पतालले कुल ९ सय ३९अंक हासिल गरेको उहाँले बताउनुभयो । ‘कपिलवस्तु अस्पतालमा पहिलेभन्दा धेरै नै सुधार भएको पाण्डेयले बताउनुभयो ।

अस्पतालमा कन्सलटेन्सी डाक्टरको उपलब्धता, अक्सिजन प्लान्ट, डिजिटल नागरिक बडापत्र सेवाको सन्तुष्टि लागतयका राम्रो कुराहरु देखिएको उहाँको भनाइ छ । सोही अवधिमा बर्दिया अस्पतालले भने ८६ अङ्कसहित दोस्राे भएको उहाँले बताउनुभयो ।

अस्पताल प्रदेशमै उत्कृष्ट भएकोमा बधाई दिँदै अस्पतालमा भएको राम्रा काम र सेवाहरुको प्रचार गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनुभयो । अस्पतालमा आईसियु, अक्सिजन प्लान्ट जडान र पिसिआर मेशिनसमेत हुनु निकै सकारात्मक कुरो भएको प्रजिअ पाण्डेले बताउनुभयो । उहाँले भन्नुभयो अस्पतालले बिरामीहरुको बिश्वास जित्ने गरी काम अघि बढाउनु पर्ने बताउनुभयो ।

छ महिनाको अवधिमा २५ हजार बढी बिरामीलाई सेवा दिनु आफैँमा राम्रो काम भएको एचडिका फोकल पर्सन कौलश भण्डारीले बताउनुभयो । उहाँले अस्पतालमा तथ्याङ्कहरुको राम्रो व्यवस्थापनसहित केही कुरा सुधार गरिए कपिलवस्तु अस्पताल देशकै नमुना बन्ने बताउनुभयो । सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले अस्पतालमा प्रतिबद्धताभन्दा पनि राम्रो सेवा दिएर जनताका मन जित्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा कपिलवस्तु अस्पतालका मेसु किशोर बञ्जाडेले सबैको अथक प्रयासपछि अस्पताल प्रदेशमै पहिलो बन्न सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । अस्पतालमा रहेका सेवा सुविधा र प्रगति विवरण सार्वजनिक गर्दै बजेट अभावले कर्मचारी व्यवस्थापनमा भने समस्या आएको उहाँले बताउनुभयो ।

विगत वर्षमा जस्तै सङ्घ र प्रदेश सरकारबाट बजेट उपलब्ध हुन नसकेकोले कर्मचारीलाई तलब खुवाउन गाह्रो परेको मेसु बञ्जाडेले बताउनुभयो । सो अवसरमा राम्रो काम गरेको भन्दै अस्पतालकी अनमी सुकमाया थापालाई नगद १० हजार र प्रशंसापत्रले सम्मानित गरिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?