logo
२०८१ बैशाख १९ बुधवार



स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम निर्वाचित

स्वास्थ्य |
खुला |


स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम निर्वाचित


गोरखापत्र समाचारदाता
काठमाडौं, चैत २७ गते । नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ’ नेपालको अध्यक्षमा डा. झलक गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

यस्तै संगठनको चार जना उपाध्यक्षमा डा. रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह चयन हुनुभएको छ । संघको महासचिवमा अर्थोपेडिक सर्जन डा. सन्तोष पौडेल निर्वाचित हुनुभयो । उपमहासचिव पदमा हिमालय तिवारी र अमृता बराल चुनिनुभएको छ । कोषाध्यक्षमा अञ्जु बस्नेत निर्वाचित हुनुभयो ।

यसैगरी आठ सदस्यीय सचिव पदमा प्रदेश १ बाट रामचन्द्र मिश्र, मधेश प्रदेशबाट डा. धर्मेन्द्र यादव, बागमती प्रदेशबाट नारायण पौडेल, गण्डकी प्रदेशबाट लक्ष्मण बसौला, लुम्बिनीबाट खगराज पोखरेल, कर्णालीबाट सुशील शाही, सुदुरपश्चिमबाट सिद्धप्रसाद ढुंगाना र उपत्यका प्रदेशबाट रुपा केसी चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष रामबहादुर चन्दलाई सल्लाहाकार समितिको अध्यक्ष बनाइएको छ । यस्तै लेखा आयोगको अध्यक्षको जिम्मेवारी त्रिलोक गुरुङ्गलाई दिइने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?