काठमाडौँमा चाप, भक्तपुरमा आइसोलेसन बेड, भेन्टिलेटर र आईसीयू अझै खाली
गोरखापत्र अनलाइन
आश्विन २७, २०७७ मंगलवार
उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै छ । सबैभन्दा धेरै उपत्यकामा काठमाडौं जिल्लामा संक्रमितहरु छन् । त्यसपछि लतिलपुर र तेस्रोमा भक्तपुर जिल्ला छ ।
नेपालमै पहिलो पटक चीनको बुहानबाट उद्धार गरिएका विद्यार्थीहरुलाई ल्याएर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइनमा राखिएको थियो भने विदेशबाट ल्याएर राखिने अधिकाशं होल्डिङ सेन्टर भक्तपुर जिल्लामै छन् ।