काभ्रेमा थपिए ४३ काेराेना सङ्क्रमित, सङ्क्रमितको सङ्ख्या ९४० पुग्यो
गोरखापत्र अनलाइन
आश्विन २३, २०७७ शुक्रबार
काभ्रेपलाञ्चोक जिल्लामा आज (शुक्रबार) ४३ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार धुलिखेल नगरपालिकामा १४ महिला र १० पुरुष गरी २४ जना, बनेपा नगरपालिका ११ पुरुष र पाँच महिला गरी १६ जना, पनौती नगरपालिकामा एक पुरुष र एक महिला गरी दुई जना र रोशी गाउँपालिकामा एक पुरुष गरी ४३ नयाँ सङक्रमित थपिएका हुन् ।