देशभर लकडाउन हुन्न, निषेधाज्ञा हुनसक्छ, प्रोटोकलमा कस्न सक्छ
इश्वरचन्द्र झा
आश्विन २२, २०७७ बिहीबार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहातको इन्सिडेन्ट कमाण्ड सिस्टमले देशभरि २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित नाघे लकडाउन गर्नुपर्ने सुझाबसहितको निस्कर्ष निकाल्यो । मन्त्रालयले कोभिड–१९ क्राइसिस मैनेजमेन्ट सेन्टर ‘सीसीएमसी’लाई उक्त सिफारिश गरेको थियो । दुई सातापछि असोज २१ गते सक्रिय सङ्क्रमितको संख्या २५ हजार नाघेको छ ।