प्रदेश-२ मा ९० जना नयाँ काेराेना सङ्क्रमित थपिए, सक्रिय सङ्क्रमित पाँच हजार ५१७
गोरखापत्र अनलाइन
आश्विन ११, २०७७ आईतवार
प्रदेश नं.२ मा आइतबार ९० जना नयाँ कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै प्रदेश नं.२ मा कोरोनाका सक्रिय सङ्क्रमित पाँच हजार ५१७ हुन पुगेको छ ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा गरिएको परीक्षणबाट आज पाँच महिला र ८५ जना पुरुष गरी ९० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश नं.२ का...