स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि ओपिडी सेवा बन्द
गोरखापत्र अनलाइन
आश्विन ७, २०७७ बुधबार
जिल्ला अस्पताल धादिङमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल प्रशासनले अनिश्चितसमयसम्म ओपिडी सेवा बन्द गरेको छ ।
अस्पतालले ईमर्जेन्सी, फिवर क्लिनिक र प्रसुती सेवा बाहेकका सेवाहरु बन्द गरिएको अस्पतालका सूचना अधिकारी बिक्रम वि.क.ले जानकारी दिनुभएको छ । संक्रमित स्वास्थ्यकर्मीसँग सम्पर्कमा नरहेका अन्य स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै पिपिई सेट लगाएर ईमर्जेन्सी,...